Logo

राष्ट्रिय टोलीको प्रशिक्षणमा रोनाल्डो 



Spread the love

१६ जेठ, काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अर्को महिना हुने युइएफए नेसन्स लिगको सेमिफाइनल खेलका टिमसँगै प्रशिक्षणमा लागिसकेका छन् । उनले बुधबारबाट पोर्चुगलको राष्ट्रिय टिमसँगै प्रशिक्षण आरम्भ गरेका हुन् । पोर्चुगलले जुन ५ तारिखमा स्वीट्जरल्यान्डसँग सेमिफाइनल खेल खेल्दैछ ।

उपाधिको दावेदार रहेको पोर्चुगललाई रोनाल्डोको भरपुर साथ हुनेछ । टोलीका कप्तानी समाल्दै आएका रोनाल्डोले सन् २०१६ को युरो कप च्याम्पियन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्