Logo

४० वर्षिय ताहिरको विश्वकपमा नयाँ कीर्तिमान



Spread the love

१७ जेठ, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ४० वर्षिय स्पिनर इमरान ताहिर नयाँ कीर्तिमान रच्न सफल भएका छन् ।

हिजो भएको उद्धघाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकाले टस जितेर बलिङ गर्दा स्पिनर इमरान ताहिरलाई पहिलो ओभरमै बलिङ गर्न ल्याएको थियो । वान डे ४४ वर्षको विश्वकप इतिहासमा पहिलो खेलमै कुनै पनि स्पिनरले पहिलो ओभर बलिङ गरेका थिएनन् ।

उनले दोस्रो बलमै जोनी बेयरस्टोलाई क्विन्टन डीककबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । विश्वकपमा पहिलो ओभरमा विकेट लिने ताहिर दोस्रो बलर बने ।

प्रतिक्रिया दिनुहोस्