Logo

टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित   



Spread the love

१७ जेठ, पेरिस।  फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ।

पाँच दिनको खेल सकिँदा पुरुषतर्फ नोभाक जोकोभिक तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएका खेलमा साल्भाटोर कारुसो, जा–लेनार्ड स्ट्रफ, बोर्ना कोरिक, फाबियो फोगनिनी, रोबर्टो बाउटिस्टा, डुसान लोजोभिक लगायतका खेलाडी विजयी भएका छन् ।

चार वर्षपछि पहिलो पटक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका रोजर फेडररसँग नर्वेका क्यास्पर रुडको भिडन्त हुने भएको छ ।
अर्का प्रतिभावान खेलाडी राफेल नाडाल पनि तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । तेस्रो चरणमा उनको भिडन्त बेल्जियमका डेभिड ग्याफिनसँग हुनेछ ।

त्यस्तै महिलातर्फ जापानकी नाओमी ओसाका, सेरेना विलियम्स, सिमोना हालेप, अन्ना ब्लिन्कोभा, आन्द्रे पेट्कोभिक, मोनिका पुइग, अमान्दा आनिसिमोभा लगायत विजयी भएका छन् ।
––  रासस

प्रतिक्रिया दिनुहोस्