Logo

विश्वकप क्रिकेट :पाकिस्तानको लज्जास्पद हार



Spread the love

१८ जेठ, काठमाडौँ । एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले हराउदै विजयी सुरुवात गरेको हो ।

१ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा भेटायो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलको सामना गर्दै ५० रन जोडे । त्यस्तै ,निकोलस पुरन १९ बलमा ३४ रनमा अविजित रहँदै सहज जित पक्का गरे । शिमरोन हिटमायर ७ रनमा अविजित रहे ।

पाकिस्तानका लागि मोहम्मद आमिर एक्लैले ३ विकेट हात पारे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ सुरु गरेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै मात्रै १ सय ५ रनमा समेटियो । पाकिस्तानका लागि पाखर जमान र बबर अजामले समान २२/२२ रन जोडे भने वहाब राइजले १८ रनको योजदान दिए। त्यस्तै, मोहम्मद हफिजले १६ रनको योगदान दिँदा अरू खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

वेस्ट इन्डिजका लागि ओशन थोमसले ५.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । कप्तान जोसन होल्डरले ३,आन्द्रे रसेलले २ र शिल्डन कटरेलको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्