Logo

सर्लाहीमा गाँजासहित २ जना पक्राउ



Spread the love

 


१९ जेठ, सर्लाही ।
प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–६ बाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका–७ लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र कौडेनाकै २० वर्षीय विवेक साह रहेका छन् । सीमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले कौडेनाबाट भारततर्फ जाँदै गरेको बीआर ३० टी७४१९ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा उनीहरूले मोटरसाइकलको टूल बक्सभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवैध लागूऔषध गाँजा ४ केजीसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्