Logo

राष्ट्रिय जनजागरण अभियानको लागी काँग्रेस नेता शर्मा गुल्मीमा



Spread the love

२० जेठ, गुल्मी।

नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आज गुल्मी आउने भएका छन् ।

नेपाली काङगेंसले लिएको हिमाल, पहाड तराई, मधेस नेपाली कांंग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल गुल्मी र नेपाल विद्यार्थी सङ्घ गुल्मीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न शर्मा गुल्मी आउन लागेका हुन् ।

विश्वप्रकाश शर्मा गुल्मी आउने पक्का भए पछि गुल्मी काँग्रेसमा उत्साह छाएको छ भने सम्पूर्ण तयारी समेत पुरा भएको छ । कार्यक्रमको सम्पूर्ण आन्तरिक तयारी पुरा भएको नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले बताए ।

गुल्मी जिल्लाका विभिन्न स्थान सँगै छिमेकी जिल्लाबाट समेत कार्यकर्ताको उत्साहजनक सहभागिता रहनेमा नेपाली काङग्रेसले विश्वास लिएको छ भने तयारी पनि सोही अनुरूप गरेको काँग्रेसले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्