Logo

खाली गराइयो प्रहरी चौकी विप्लवको आक्रमणबाट बचाउन



Spread the love

२० जेठ, काठमाडौं । सोलुखुम्बुको एउटा प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि प्रहरी चौकी खाली गराइएको छ। महाकुलुङ गाउँपालिका–३ छेस्का प्रहरी चौकीमा आक्रमण प्रयास भएसंगै प्रहरीलाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

आइतबार मध्यराति विप्लव कार्यकर्ताको ठूलो समूह प्रहरी चौकीमा आक्रमण गर्न पुगेका थिए । तर, त्यस बेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको थियो। हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्