Logo

झापामा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु



Spread the love

२० जेठ, भद्रपुर । सोमबार बिहान झापामा स्कुटर दुर्घटनामा हुँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिकाका २७ वर्षीया रञ्जना खनाल रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालकी छोरी हुन्।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे७प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्