Logo

गुल्मीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, तिन घाईते



Spread the love

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका ७ सदरमुकाम तम्घास नजिकै लु २ त ३३९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मदाने गाउँपालिका ६ का मधु नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपक बस्नेतले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी अन्य तिन जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर चालक वसन्त सुनार फरार छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्