Logo

रोनाल्डोलाई उत्कृष्ट गोलको अवार्ड



Spread the love

२१ जेठ, काठमाडौं । युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड हात पारेको छ ।

यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य रोनाल्डोको गोलनै शीर्षस्थान रहन सफल भएको हो । लिभरपुलविरुद्ध बार्सिलोनाका लिओनेल मेसीले गरेको फ्रिकिक गोल र बायर्न म्युनिखविरुद्ध लिभरपुलका साडियो मानेले गरेको चिप गोललाई पछाडी पार्दै रोनाल्डोको गोल अग्रस्थानमा रहन सफल भएको छ ।

दोस्रो सिजन रोनाल्डोले लगातार यो उपाधि हात पारेका हुन् । अघिल्लो सिजन उनले रियलबाट खेल्दै युभेन्टसविरुद्ध गरेको गोलमा अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्