Logo

दाङमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु



Spread the love

२२ जेठ, काठमाडौं । दाङमा सर्पको टोकाईबाट एक किशोरीले ज्यान गुमाएको छ । राजपुर गाउँपालिका निवासी १७ वर्षीया प्रमिला यादवको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार बिहान ६ बजेतिर उनलाई घरको आँगनमा शर्पले डसेको थियो। यादवलाई उपचारको लागि कपिलवस्तु लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्