Logo

हावाहुरीले स्वास्थ्य चौकी र विद्यालयको उडायो छानो



Spread the love

२२ जेठ, काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा हावाहुरीले छानो उडाएपछि विद्यालय र स्वास्थ्य चौकीको सेवामा असर पुगेको छ। आइतबार बेलुका आएको हावाहुरीले छाना उडायसंगै पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको हो।

हावाहुरीले दार्मा ५ को विश्वेश्वर आधारभूत विद्यालयको भवन, दार्मा ६ को लक्ष्मी आधारभूत विद्यालय ज्यामिरेचौरको भवन, दार्मा २ भुसखोलाको जनकल्याण प्राथमिक विद्यालयको भवनमा क्षति पुगेको छ जसले गर्दा पठनपाठन प्रभावित भएको गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा ओलीले जानकारी दिइन्।

 हावाहुरीले स्थास्थ्य चौकी, विद्यालयलगायत स्थानीयका घरका छानाहरू उडाउँदा लाखौंको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्