Logo

भव्यताका साथ प्रथम मालिका क्विज सप्पन्न



Spread the love

२२ जेठ, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाको आयोजना तथा टि. जि. मिडिया प्रा. लि. द्वारा सञ्चालित प्रथम मालिका क्विज सिमलटारीमा भव्यताका साथ सप्पन्न भएको छ ।

मालिका गाउँपालिकाका ८ वटा माध्यमिक तहका विद्यालयको सहभागीता रहेको प्रतियोगितामा मालिका माध्यमिक विद्यालय मुर्भुङ्ग ८ प्रथम, देविस्थान माध्यामिक विद्यालय घमिर द्वीतिय तथा  मेहेले माध्यमिक विद्यालय हाङ्दीले तृतीय भएका छन । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १२ हजार, ९ हजार र ६ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

मालिका गाउँपालिकाले विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्नका साथै गाउँपालिका भित्रका विद्यालय बिच आत्मीयता बढाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका क्विजले विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्नु साथै गाउँपालिकाले आफ्नो गाउँको विकासका लागि खेलकुद, लोक संगीतका कार्यक्रम समेत अघि बढाएको उल्लेख गरेका थिए । त्यस्तै, मालिका गाउँपालिकाका सामाजिक विकास समितीका संयोजक शोभाधर गिरिले मालिका गाउँपालिकाले गरेको यो कार्य निकै उत्कृष्ट भएको बताए ।

कार्यक्रमका संयोजक डि बि खड्काले मालिका गाउँपालिकाले दिएको जिम्मेवारी पूरा गर्न मालिका माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकको सहयोगको चर्चा गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए । मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा मालिका माविका विद्यार्थीले आफ्नो प्रस्तुति समेत देखाएका थिए ।

कार्यक्रम मालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर जिसिको अध्यक्षता तथा शिक्षक कृष्ण प्रसाद अर्यालको सञ्चालनमा सप्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्