Logo

सुन्नुहोस्, ‘म यस्तो गीत गाउँछु’ का तीन गीत अडियो (जुकबक्स)



Spread the love

 

संगीतकार अर्जुन पोखरेलको संगीत भन्ने वित्तिकै, हरेक गीतसंगीत प्रतिक्षामा हुन्छन् । नेपाली चलचित्रको संगीतमा अर्जुनले एउटा उचो नाम बनाइसकेका छन् । उनै, संगीतकार पोखरेलले कम्पोज गरेका असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को अडियो जुकबक्स बाहिर आएको छ ।

puja

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा ३ गीत समाबेश छन् भने तीनवटै गीतमा संगीतकार अर्जुन पोख्रेलकै संगीत रहेको छ । जसमा ‘भन्छु आज मनका कुरा’, ‘कहाँ छ र’, ‘किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन् ।

puja-and-paul-6

पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ ।

ma-yesto-geet-gauchu

‘भन्छु आज’ बोलको गीतको त भिडियो नै सार्वजनिक भैसकेको छ । पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका छ ।
सुन्नुहोस अडियो (जुकबक्स):
https://youtu.be/qvjzAvtbA30

प्रतिक्रिया दिनुहोस्