Logo

मालिका गाउँपालिकामा १ सय २६ जनालाई रोजगारी



Spread the love

२५ जेठ, गुल्मी – गुल्मीका स्थानीय तहमा यति बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले तीव्रता पाएको छ । यसै बिच जिल्लाको पश्चिममा पर्ने मालीका गाउँपालिकामा पनि शुक्रबारदेखी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ  । यो कार्यक्रम पश्चात् मालिका गाउँपालिका भित्रका महिला पुरुष गरी १ सय २६ जनाले रोजगारी पाएका छन् ।

गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले नियुक्ति पत्र प्रदान गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेका हुन् । गाउँपालिकाको वडा नम्बर १ बाट ११ जनाले ,वडा नम्बर २ बाट २८ जना , वडा नम्बर ३ बाट ९ जना , वड नम्बर ४ बाट १२ जान ,वडा नम्बर ५ बाट १७ जना ,वडा नम्बर ६ बाट १८ जना , वड नम्बर ७ बाट २० जना र वडा नम्बर ८ बाट १२ जनाले रोजगारी पाएका छन् । उनीहरूले सडक,सिँचाई,कुलो तथा विकास निमार्णका कार्यमा काम गर्ने गाउँपालिकाका सूचना अधिकृत जगत पौडेलले सल्लेरी खबरलाई बताए ।

उनीहरूले ३० दिन सम्म काम पाउने र दैनिक पाँच सय १७ रुपैयाँ पारिश्रमिक पाउने छन् । वडाबाट आएका फर्म अनुसार सबै वडालाई समेट्ने गरी अल्पकालीन रूपमा भए पनि रोजगार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । साथै, गाउँपालीकाबाट २ हजार एक सय ४६ जनाले बेरोजगारी फर्म भरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले उल्लेख गरे ।

आज कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले आउँदो आर्थिक वर्षमा अझ धेरैलाई रोजगार प्रदान गर्ने र कम्तिमा पनि छ महिना रोजगार दिने बताए भने उपाध्यक्ष देवा रिजालले यस कार्यक्रममा महिला र पुरुषको समान सहभागिता तथा समान पारिश्रमिक रहेको कुरा उल्लेख गर्दै खुसी समेत व्यक्त गरे । गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक शोभाखर गिरि तथा रोजगार कार्यक्रमका संयोजक खेमराज गैरेले प्रधानमन्त्री रोजगार कार्यक्रमको महत्त्व ,फाइदा,उद्देश्य ,नीति नियम आवश्यक कानुनको बारेमा प्रकाश पारेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्