Logo

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु



Spread the love

२५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडीबाट वालुवा लिएर तम्घास आउँदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालीका वडा नम्वर १३ मा दुर्घटना हुदाँ नवलपरासीका २१ वर्षीय चालक अम्मर कुँवरको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिएका छन् ।

ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको र दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख दिपक कुमार बस्नेतले सल्लेरी खबरलाई बताए । गएराति दुर्घटना भएपनि शनिवार विहान मात्रै दुर्घटनाको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
मृतकको शव अहिले गुल्मी अस्पतालमामा ल्याइसकेको र पोष्टमार्टम प्रकृया अगाडि बढाईएको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्