Logo

सडक सञ्जालमा प्राथमिकता   



Spread the love

२६ जेठ, लमही।  दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताउनुभयो ।

“यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे ग¥यौँ”, उहाँले भन्नुभयो, “आगामी वर्ष सडक निर्माण वर्षका रुपमा योजना अगाडि सारेर ६० किलोमिटर सडक कालोपत्रे गर्ने छौँ ।” सडक नै समृद्धिको आधार भएको भन्दै सडकलाई प्राथमिकतामा दिईएको उहाँको भनाइ छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार शीर्षकमा दाङ तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना र धावन मार्ग विस्तारका लागि केन्द्रीय सरकारसँग बजेटको माग गर्ने उल्लेख गरिएको छ । साथै उपमहानगरपालिकाका सबै नागरिकमा विद्युत् तथा वैकल्पिक ऊर्जा पु¥याउने, शहरी क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, ढल निकास तथा प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारिएको प्रमुख पाण्डेले बताउनुभयो ।

त्यस्तै आगामी आवमा उपमहानगरपालिकाले सवारी साधनमा जिपिएस जडान गरिने, शहरी क्षेत्रमा एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी संरचना निर्माण गर्ने, टोलस्टरका सडक ८ मिटर, दुई वा दुईभन्दा बढी टोल जोड्ने सडक १० मिटर र सोभन्दा बढी वडा जोड्ने सडक १२ मिटर हुनेुपर्ने मापदण्ड लागुगर्ने, तुलसीपुरको अरनिको खेल मैदान संरक्षण गर्ने, विद्युतीय सुरक्षामा ध्यान दिइने नीति अघि सारिएको छ ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्