Logo

स्वास्थ्यमा जनचेतना जगाउन गुल्मीको सत्यवतीमा सडक नाटक



Spread the love

२७ जेठ, गुल्मी – २१ औँ शताब्दीसम्म आई पुग्दा समेत गुल्मीका ग्रामीण भेगमा अझै पनि अन्धविश्वासमा अडिएर बाल विवाह तथा कम उमेरमा बच्चा जन्माउने साथै स्थास्थ्य चौकीमा चेक जाँच नगराई घरमै प्रसूति गराएर आमा र बच्चाको ज्यान खतरामा पार्ने क्रम अझै घट्न सकेको छैन । कतिपय गरिब तथा विपन्न बस्तीहरूमा त झन् गर्भवती अवस्थामा आराम भन्दा पनि कसरत बढी हुनु पर्छ भन्ने मान्यताका कारण कयौँ महिलाहरू सुत्केरी हुन नसकी ज्यान समेत जाने गरेको छ ।

वर्षाैँदेखी चल्दै आएको परम्परालाई रोक्ने ,गरिब विपन्न तथा अशिक्षित वर्गहरूलाई सजगता तथा सचेत बनाउने ,पढ्न र बुझ्न नसक्ने बस्तीहरूमा सडक नाटकको माध्यमबाट चेतना फैलाउने उद्देश्यका साथ सत्यवती गाउँपालिकाले सबै वडामा सञ्चालन गर्ने गरी आइतबारदेखी सडक नाटकको आयोजना गरेको छ ।

सडक नाटक गाउँपालिकाका सबै वाडमा सञ्चालन गरिने छ भने नाटकमा गर्भवती भएका महिलाले ख्याल गर्नु पर्ने कुरा,परिवारसँगै डाक्टर तथा महिला स्वयंसेवीकाको भूमिकामा केन्द्रित रही सरल र सहज तरिकाबाट चेतना जगाउने गाउँपालिकाले जनाएको छ । आइतबार सत्यवती गाउँपालिकाको खैरेनीमा गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले एक कार्यक्रमका बिच सडक नाटकको उद्घाटन गरेका हुन् ।

सडक नाटक निकै प्रभावकारी भएको र पहिलो दिनको नाटक निकै उपलब्धि मुलक भएको बताउँदै यस सडक नाटकबाट आम गाउँ पालिका वासीमा चेतना वृद्धि हुनेमा गाउँपालिका आशावादी रहेको बताए ।

यता स्वास्थ्य संयोजक सूर्य रानाले पनि सडक नाटक निकै प्रभावकारी भएको र यसबाट राम्रो शिक्षा प्राप्त हुने अपेक्षा लिएको बताए ।
सडक नाटक मङ्गलबारसम्म चल्ने छ भने आइतबार पहिलो दिन सत्यवतीको खैरेनी ,अश्लेवा लगायका ठाउँमा सडक नाटक प्रस्तुत गरिएको थियो ।

गरिब विपन्न तथा अशिक्षित वर्गहरूलाई सजग तथा सचेत बनाउने ,पढ्न र बुझ्न नसक्ने बस्तीहरूमा सडक नाटकको माध्यमबाट चेतना फैलाउने सडक नाटकको प्रमुख उद्देश्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्