Logo

बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते



Spread the love

२९ जेठ, प्राग । चेक गणतन्त्रको मोराभियाको राजमार्गमा फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन् । घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

एक स्थानीय टेलिभिजनका अनुसार बसका चालकले नै ट्रकलाई ठक्कर दिएका थिए । प्रहरीले उक्त घटनाका बारेमा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ ।

–रासस

प्रतिक्रिया दिनुहोस्