Logo

एसइई परीक्षाको परीक्षाफल असार तेस्रो हप्तामा मात्रै आउने



Spread the love

२९ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षाको नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ। अघिल्ला वर्षहरुमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा प्रकाशित हुने गर्थ्यो तर , यस वर्ष भने कर्मचारी अभाव लगायत प्रदेश २ मा प्रश्नपत्र बाहिरिनाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो।

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भईसकेको र अहिले डाटा इन्ट्रीको काम भइरहेको हुनाले नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्ने गरी तयारी गरेको बताए। परीक्षामा चार लाख ७५ हजार विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्