Logo

जर्मनीको प्रभावशाली जित



Spread the love

२९ जेठ, काठमाडौं । जर्मनीले युरोकप छनोटमा जित निकालेको छ । मंगलबार भएको खेलमा इस्टोनियालाई जर्मनीले ८–० को भारी अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा मार्काे रिउस र सर्जी जिनाब्रीले समान २ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए साने समान १ गोल गरे ।

पहिलो हाफमै जर्मनीले ५–० को आरामदायी अग्रता बनाउदा दोस्रो हाफमा थप ३ गोल थपेको थियो ।

समूह सी मा रहेको जर्मनीको यो लगातार तेस्रो जित हो । प्रभावशाली जितसँगै जर्मनीले समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । यता, शीर्ष स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि जित निकालेको छ । उसले लगातार चौथो खेलमा जित निकाल्ने क्रममा बेलारुसलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्