Logo

रोनाल्डोलाई उछिन्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी



Spread the love

२९ जेठ, काठमाडौं ।अर्जेन्टिना तथा बार्सिलोनाका फवार्ड लिओनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बन्न सफल भएका छन् । अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् ।

फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । त्यस्तै , तेस्रो स्थानमा रहेका पीएसजी तथा ब्राजिलका नेयमारको १०५ मिलियन डलर कमाइ छ ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बक्सर फ्लोइड मेवेदरले योपटक सूचीमा नै परेनन् ।

प्रतिक्रिया दिनुहोस्