Logo

रन बनाउन मात्र होइन कमाउन पनि उत्तिकै माहिर



Spread the love

२९ जेठ, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रन बनाउन मात्र होइन कमाउन पनि उत्तिकै खप्पिस रहेका छन्।

कोहली वार्षिक करिब २ करोड ५० लाख डलर कमाइ गरिरहेकोले सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा पर्न सफल भए । फोर्ब्स म्यागजिनले सार्बजनिक गरेको उक्त सूचीमा पर्ने एकमात्र उनी भारतीय खेलाडी रहेको बताइन्छ ।

मंगलबार फोर्ब्सले जारी गरेको उक्त सूचीमा उनी १०० औं स्थानमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा उनले करिब १० लाख डलर बढि कमाएपनि उनी अघिल्लो वर्षको तुलनामा तल झरेका छन् । उनी अघिल्लो वर्ष ८३ औं स्थानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्