Logo

दाहालले जेठ पहिलो साता राजीनामा दिने, बजेट कामचलाउ सरकारले ल्याउने



Spread the love

सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ ।

Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmandu

पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति थियो। यसअनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताए।

स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।

साथै उनले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले राजपाका नेताहरुलाई आश्वस्त पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्