Logo

मोटरसाईकल सिक्दै गर्दा दुर्घटनामा परी वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते



Spread the love

३० जेठ, बझाङ। मोटरसाईकल दुर्घटना हुदा बझाङमा एक वडा सदस्यले ज्यान गुमाएको छ । जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल पल्टिँदा वडाका सदस्य नरेश महरको ज्यान गएको हो । मोटरaसाइकलमा पछाडी सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका छन् ।

घाइते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्