Logo

जेठ ३२ गते सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता हुने



Spread the love

३० जेठ, सिन्धुपाल्चोक। यही जेठ ३२ गते अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता सिन्धुपाल्चोकमा हुने भएको छ। पाँचौं ट्रेल रेस सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल रेस र सिन्धु गाउँ विकास समितिको आयोजनामा ट्रेल रेस प्रतियोगिता हुदैछ ।

आयोजनामा २६ किलोमिटर दौड बलेफी गाउँपालिकाको जलवीरे बजारबाट सुरू भई ६० किलोमिटर दौड भने चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलो सिरुवारीबाट सुरु हुनेछ ।

भोटेकोसी गाँउपालिकास्थित द लास्ट रिसोर्टमा दुवै दौडको समापन हुनेछ । खेलको सुरूआतदेखि अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति बढ्दो रहेको छ।

प्रतिक्रिया दिनुहोस्