Logo

अष्ट्रेलियाद्वारा पाकिस्तान पराजित



Spread the love

३० जेठ, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले हराउदै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित हासिल गरेको हो ।

३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि समालिएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ५३ रनको योगदान दिए ।

त्यसपछि पनि खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो जितका लागि ३६ बलमा ४५ रन आवश्यक थियो ।

क्रिजमा सेटभइसकेका ब्याट्सम्यान कप्तान सर्फराज र वाहब थिए । तर ४५ औं ओभरमा खेल अष्ट्रेलियाको पक्षमा गयो । ओभरको दोस्रो र चौथो ओभरमा मिचेल स्टार्कले विकेट लिए ।अर्को ओभरको चौथो बलमा कप्तान रनआउट भएपछि पाकिस्तान जित नजिक पुगेर पनि हार्‍यो ।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचड्सनको नाममा समान २ विकेट रह्यो । नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले समान १ विकेट हात पारे ।

त्यस अघि टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल बनाउन चुकेको हो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक प्रहार गरे ।

 एक वर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका १ सय ११ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा १ सय ७ रन जोडे । जारी विश्वकपमा पहिलो शतक बनाएका वार्नरको एकदिवसीय क्रिकेट करिअरमा शतक संख्या १५ पुगेको छ । कप्तान आरोन फिन्चले २ रन बनाए । ८४ बलको सामना गरेका फिन्चले ६ चौका र ४ छक्का प्रहार गरे । शतक नजिक पुगेका उनी मोहम्मद अमिरको बलमा मोहम्मद हफिजमार्फत क्याचको सिकार भए ।

फिन्च र वार्नरको उत्कृष्ट साझेदारीमा अष्ट्रेलियाले २२ ओभरमा विना विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो । तर लगत्तै फिन्च आउट भए । सा मर्सले २३ रन जोड्दा ग्लेन म्याक्सवेलले २०, स्टेभन स्मिथले १०, उसमान ख्वाजाले १ रन बनाए । मोहम्मद अमिरको बलमा मर्स क्याचआउट हुँदा म्याक्वेल अफ्रिदीको बलमा बोल्ड भए । नाथन कल्टरलाई वाहब रियाजले २ रनमा पवेलियन फर्काउँदा प्याट कुमिन्स २ रनमा हसन अलिको बलमा सरफराजमार्फत क्याच भए । एलेक्स केरी २० रनमा एलबिडब्लु धरापमा पर्दा मिचेल स्टार्कले ३ र केन रिर्चडसन १ रन बनाए ।

मोहम्मद आमिरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदी २ तथा हसन अली, मोहम्मद हफिज र वहाब रियाजले समान १\१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्