Logo

पाँचौ खेलाडीको रुपमा रियलले भित्र्यायो मेन्डीलाई



Spread the love

३० जेठ, काठमाडौं । नयाँ सिजनका लागि स्पेनिस महारथी रियल म्याड्रिडले खेलाडी अनुबन्धन गर्ने क्रममा पाँचौ खेलाडीका स्वरुपमा फ्रान्सेली क्लब लियोनका डिफेन्डर फर्लान्ड मेन्डीलाई भित्र्याएको छ ।

२४ वर्षीय मेन्डीलाई ४७ मिलियन पाउण्ड खर्च गर्दै रियलले अनुबन्धन गरेको हो । उनले रियलसँग ६ वर्षको लागि सम्झौता गरेका छन् ।फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलिसकेका मेन्डीले गत सिजन लियोनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आफ्नो करिअर पीएसजीको एकेडेमीबाट सुरु गरेका थिए ।

यसअघि बेल्जियमका इडेन हाजार्ड, सर्बियाली स्ट्राइकर लुक्का जोभिच र पोर्टोका डिफेन्डर इडर मिलिसाओलाई रियलले अनुबन्धन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्