Logo

१६ वर्षपछि भारतलाई स्तब्ध पार्ने दाउमा न्युजिल्यान्ड



Spread the love

३० जेठ, काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा नोटिन्घममा सुरु हुँदैछ ।

खेलेका तीनवटैमा खेलमा जित निकालेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगितामा अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् ।

ओपनर मार्टिन गुप्टिल,कप्तान केन विलियम्सन, रोश टेलर, टेन्ट्र बोल्ट, म्याट हेनरी, जेम्श निशमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले भारतलाई स्तब्ध पार्न सक्छ ।

ओपनर रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्र सिंह धोनी, अलराउण्डर हार्दिक पान्ड्या, जसप्रित बुमराह, युजभेन्द्र चाहल र कुलदीप यादवको उत्कृष्ट प्रर्दशनमा भारतले सहज निकाल्न सक्छ । यी खेलाडीको प्रर्दशन विना भारतको जित पनि संभव देखिदैन ।

प्रतिक्रिया दिनुहोस्