Logo

अफ्रिदीको थप्पडसंगै कबुले आमिरले आफ्नो अपराध



Spread the love

३० जेठ, काठमाडाैं । पाकिस्तानका मोहम्मद आमिरले जारी विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन्। बुधबार भएको खेलमा आमिरले अस्ट्रेलियाको पाँच विकेट लिएका थिए । आमिर तिनै खेलाडी हुन जसलाई म्याच फिक्सिङको आरोप लाग्दा ५ वर्षको प्रतिबन्ध लगाइएको थियो।

आमिरले सुरूमा फिक्सिङको आरोपलाई स्विकार गरेका थिएन । शाहिद अफ्रिदीले थप्पड हानेसंगै उनले आफ्नो अपराध स्वीकार गरेका थिए।

पाकिस्तानका पूर्व अलराउण्डर अब्दुल रज्जाकले यसको खुलासा गरेका हुन्। उक्त प्रकरणमा आमिरसँगै सलमान बट्टसमेत दोषी रहेका थिए। बट्ट सन् २०१० को इङ्ल्याण्ड भ्रमण हुनु पहिलेदेखि फिक्सिङमा सामेल थिए।

सन् २०११ मा बट्ट, आमिर तथा मोहम्मद आसिफलाई आइसिसीले ५ वर्षको प्रतिबन्ध लगाएको थियो। हाल यी तीनै जना खेलमा फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्