Logo

नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक



Spread the love

३० जेठ, काठमाडौं ।२०१९-२० को इंग्लिस प्रिमियर लिग फुटबल को खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा नवप्रवेशी नर्वीच सिटीले लिभरपुलसँग खेल्नेछ।

उक्त खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ । यस्तै पहिलो चरणमै दुई चर्चित क्लब म्याचेष्टर युनाइटेड र चेल्सी भिड्ने भएका छन्।

पहिलो चरणका खेलहरु अगष्ट ९, १० र ११ मा तय गरिएको छ। युनाइटेड र चेल्सीको खेल अगष्ट ११ मा हुनेछ। यस्तै साविक विजेता म्याचेष्टर सिटीले वेष्टहम भ्रमण गर्दै नयाँ सिजनको सुरुवात गर्नेछ।

प्रतिक्रिया दिनुहोस्