Logo

सरकारले बढायो सार्वजनिक सवारी साधनमा भाडा



Spread the love

३० जेठ, काठमाडाैं । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ ।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए।

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किमिसम्मको भाडा १६ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ४ किमिसम्मको १४ रुपैयाँ थियो । पहाडी जिल्लामा भने योभन्दा बढी भाडा यात्रुले तिर्दै आएका थिए । असार एकबाट लागु हुने वैज्ञानिक भाडादर नेपालका सबै क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा लागु हुने निर्देशक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्