Logo

डोल्पामा एक महिलाले जन्माइन् २४ औँला भएको बच्चा



Spread the love

३० जेठ, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–६ की एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् ।

सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा हातमा १२ र खुट्टामा १२ औँला भएका छोरी जन्माएकी छिन् । यस्तो घटनाले परिवार मात्रै नभएर गाउँलेहरु समेत अचम्भित भएका छन् ।

उक्त शिशुको स्वास्थ्य अवस्था भने सामान्य नै छ । उनको तौल दुई किलो पाँच सय ग्राम छ ।

प्रतिक्रिया दिनुहोस्