Logo

विश्वकप क्रिकेट :पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच भिडन्त



Spread the love

३१ जेठ, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् ।

यसअघि तीन खेल खेलेको इङ्ल्यान्डले दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । यता समान तीन खेल खेलेको वेस्ट इन्डिजले एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा पराजित भएको थियो । विश्वकप विजेता दावेदारको रुपमा रहेका दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने अवसर छ ।
वेस्ट इन्डिजका शिल्डन कट्रेलले राम्रो प्रर्दशन गरेका छन् । त्यस्तै ओशन थोमस, आन्द्रे रसेल, कार्लोस ब्रेथवेटको पनि प्रर्दशन उत्कृष्ट छ ।

ओपनर क्रिस गेल, शाई होप, आन्द्रे रसेल, जेसन होल्डर, निकोलस पुरन, शिम्रोन हिटमायर जस्ता विश्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज इंग्ल्यान्डमाथि आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ ।

आजको खेलमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल टोलीमा फर्किने वा नफर्किने अन्यौल छ ।

प्रतिक्रिया दिनुहोस्