Logo

रोनाल्डोलाई गरे रामोसले बेवास्ता



Spread the love

३१ जेठ, काठमाडौं । स्पेन तथा रियल म्याड्रिडका कप्तान सजियो रामोस विवाह बन्धनमा बाधिने भएका छन् ।सेभिल्लामा साताको अन्त्यतिर रामोसले प्रमिका पिला रोवियोसँग विवाह गर्दैछन् । उनले कस कसलाई विवाहमा निम्ता पाठाएका छन् वा छैनन् भन्ने विषयमा सर्बत्र चर्चामा भईरहेको छ ।

उनले इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र उनका श्रीमतिलाई समेत निम्ता पठाएका छन् । त्यस्तै, व्यक्तिगत रुपमा सम्बन्ध चिसो रहेका जेरार्ड पिके र उनका श्रीमति साकिरालाई पनि बोलाएका छन् ।

तर, लामो समय रियलमा सँगै बिताएका क्रिस्टियानो रोनाल्डोलाई भने उनले निम्ता दिएका छैन । उनलाई निम्ता नपठाउनुको कारण यी दुई खेलाडीबीचको पछिल्लो समयको तिक्ततालाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्