Logo

स्पोर्टस् अवार्डमा डिस होम मिडियाको सहयोग



Spread the love

३१ जेठ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई डिसहोम मिडिया नेटवर्क लिमिटेडले रु ११ लाख बराबरको रकम सहयोग गर्ने भएको छ । आगामी असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि मञ्चले डिस होमसँग सम्झौता नवीकरण गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार डिस होमले अवार्डका लागि रु सात लाख र चार लाख बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ ।

त्यस्तै अब अवार्डको नाम ‘बजाज पल्सर स्पोर्ट्स अवार्ड इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस’ हुनेछ । मञ्चले यसपटक १० विधामा अवार्ड प्रदान गर्ने भएको छ । सोअन्तर्गत पिपल्स च्वाइस, उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेशनल एशियन स्पोर्टस् जर्नलिस्ट अवार्ड छन् ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले जनही रु ५० हजारसहित विभिन्न उपहार प्राप्त गर्नेछन् । मञ्चले पिपुल्स च्वाइस अवार्ड विधाका लागि यसअघि नै पाँच खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । तिनमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् ।
–––रासस

प्रतिक्रिया दिनुहोस्