Logo

नेयमारबिनै ब्राजिलको सहज जित



Spread the love

३२ जेठ, काठमाडौं । कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा ब्राजिलले बोलिभियामाथि ३-० ले जित निकालेको छ । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

फिलिपे कोउटिन्होले ब्राजिलका लागि ५० औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दिलाएका थिए । बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा निर्णय लिएका थिए ।

कोउटिन्होले पेनाल्टीमा गोल गरेको तीन मिनेट पश्चात नै अग्रता दोब्बर पारे । खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश छिरेको विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे ।

यस जितसँगै पहिलो खेलमा नै ब्राजिलले ३ अंक जोड्न सफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्