Logo

विश्वकप क्रिकेट : २४ वर्षयताको निरन्तर हारको यात्रालाई अन्त्य गर्ने लक्ष्यमा श्रीलंका



Spread the love

३२ जेठ काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा साबिक विजेता अष्टेलियाले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार लन्डन स्थित ओभल क्रिकेट मैदानमा ३:१५ देखी सुरु हुनेछ ।

श्रीलंका र अस्ट्रेलिया विश्वकपमा ११ औं पटक मैदानमा आमुन्नेसामुन्ने हुँदै छन्। शनिबार पनि उच्च फर्ममा रहेको अस्ट्रेलियालाई हराउनु श्रीलंकाका लागि लट्री पर्नु बराबर मानिएको छ। श्रीलंकाका लागि यो खेलमा जित अत्यावश्यक रहेको छ।

श्रीलंका दुई खेल वर्षाका कारण गुमाउन पुग्दा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ। त्यसैले पनि सेमिफाइनलको आसलाई कायम राख्न उसले अस्ट्रेलियालाई पराजित गर्नु पर्नेछ। तर, अस्ट्रेलिया भने भारतसँगमात्र पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्