Logo

सल्यानको बागचौर नगरपालिकामा माओवादी विजयी



Spread the love

ng

सल्यानको बागचौर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। १ हजार ४ सय ४१ को फराकिलो मत अन्तरले माओवादी केन्द्रका लोकमान बुढाथोकी नगरपालिकाको प्रमुखमा विजयी हुनु भएको हो।

lok
बुढाथोकीले ५ हजार १ सय २१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकबहादुर डाँगीले ३ हजार ६ सय ८० मत प्राप्त गर्नु भएको थियो। त्यस्तै, अर्का उम्मेदवार कांग्रेसका गोरखबहादुर खत्रीले ३ हजार ५ सय ६५ मत प्राप्त गर्नु भयो।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकै कल्पना पुन मगरले एमालेकी ओकाकुमारी खत्रीलार्ई १ हजार ६ सय २५ को फराकिलो मतले पराजित गर्दै जित हात पार्नु भएको छ। उहाँले ५ हजार २ सय १५ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्वन्द्वी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गर्नु भएको छ।

nga                  त्यस्तै, अर्की  उम्मेदवार कांग्रेसकी मेनका चन्दले ३ हजार ४ सय ९६ मत प्राप्त पाउनु भएको छ ।१२ वटा वडा रहेको बागचौर नगरपालिकामा–८ वटा वडा माओवादी केन्द्रले, २ वटा वडा एमाले र २ वटा वडामा कांग्रेसले विजय हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्