Logo

सैन्य कारबाहीमा चार लडाकू मारिए



Spread the love

३२ जेठ, घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा रहेको बाङगोर क्षेत्रमा लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।

प्रान्तीय गभर्नर प्रवत्ता आरेफ नुरी शनिबार सो जानकारी दिनुभएको छ ।

यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ । कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।

घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन ।

–––रासस

प्रतिक्रिया दिनुहोस्