Logo

पत्रकार गेलाङ्को अन्त्येष्टि



Spread the love

३२ जेठ, सुर्खेत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक तथा सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं को टिपरले भे८प ७६०४ नं को मोटरसाइकलमा सवार पत्रकार गेलाङ्लाई बिहान ११ः४५ बजे टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो । घटनापश्चात मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राखेर शव बुझ्न मानेका थिएनन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सरोकारवालाबाट क्षतिपूर्तिका लागि पहल तथा सिफारिस गर्ने सहमति भएसँगै परिवार तथा आफन्तले शव बुझेका थिए । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय पत्रकार गेलाङ्को पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेत निवासी पत्रकार गेलाङ्का एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।
–––रासस

प्रतिक्रिया दिनुहोस्