Logo

मोदीले लिए लोकसभा सदस्यको सपथ



Spread the love
२ असार, नयाँदिल्ली । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सपथ लिएका छन् । उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट उनी लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै भारतीय लोकसभाको १७औं बैठक सुरु भएको हो ।
मोदीले संसदीय दलको नेताको रुपमा पहिलो सांसदको सपथ लिएका हुन् । नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुको  सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
आगामी जुलाई ५ का दिन नयाँ सरकारले केन्द्रीय बजेट संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्