Logo

गुल्मीमा पानी ट्याङ्की भित्र मृत महिला फेला



Spread the love

गुल्मीमा एक महिलाको शव ट्याङ्कीमा फेला परेको छ ।
जिल्लाको दरबार गाउँपालिका वडा नम्बर ७ की ३५ वर्षीय मिना थापाको आफ्नै घरको पानी ट्याङ्कीमा आज बिहान सात बजे तिर शव फेला परेको वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर बस्नेतले जानकारी दिएका छन् ।

घटनाको अनुसन्धान गर्दै जाँदा सुसाईट नोट फेला परेको छ । सुसाईट नोटमा पैसाको कारोबार, जिन्दगीका दुख सुखका घटना तथा अर्की श्रीमती बिहे गर्न आग्रह गरिएको उल्लेख गरेको वडा अध्यक्ष टोप बहादुर बस्नेतले जानकारी दिएका छन् । मृतकको शव पोस्ट मार्टमको लागी गुल्मी अस्पतालमा ल्याइएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्