Logo

गर्मीका कारण विद्यालय बन्द हुने



Spread the love

 २ असार , जितपुर । केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको बाणगङ्गा नगर शिक्षा अधिकृत खिमबहादुर जिसीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्