Logo

प्रधानमन्त्रीले पहिलोपटक रोष्ट्रममै लगाए घोसेमुन्टो



Spread the love
३ असार, काठमाडौं । नेपाली कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रममा घोसेमुन्टो लगाए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेसंगै रोस्ट्रममा प्रधानमन्त्री ओली उभिएको उभियै भए । प्रधानमन्त्री ओली सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन रोष्ट्रममा पुगेका थिए। तर कांग्रेस सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरे। करिब ७ मिनेट रोस्ट्रममा बोल्नका लागि प्रधानमन्त्री ओली उभिइरहे  केहीबेरपछि भने उनले दिक्क मान्दै घोसेमुन्टो लगाए।
करिब सात मिनेट सम्म नाराबाजी चलेपछि सभामुख महराले घोषणा गरे, “प्रतिनिधिसभाको बैठक असार चार गते बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्