Logo

हारको बदला लिने दाउमा मनाङ



Spread the love
४ असार, काठमाडौं । एएफसी कप फुटबल अन्तर्गतको समूह चरणको पाँचौ खेलका लागि सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब अहिले बंगलादेशमा रहेको छ । मनाङले घरेलु टोली ढाका अबहानी लिमिटेडसँग आमने सामने हुदैछ ।
बंगबन्धु रंगशालामा साँझ ५ : ३० बजे बाट खेल सुरु हुनेछ । समूह चरणमा एक खेलमा पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा अबहानीविरुद्ध हारको बदला लिने दाउमा रहनेछ ।  मनाङ पहिलो जितको खोजीमा रहँदा अवहानी तेस्रो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्