Logo

भारी असिनाको कारण गुल्मीको एकै वडामा करोड बढी क्षति



Spread the love
फाइल तस्बिर

गए राती हावाहुरी संगै परेको भारी असिनाका कारण गुल्मीको सत्यवती गाउँपालिकाले ठूलो क्षती व्यहोर्नु परेको छ । गाउँपालिकाको वडा नम्बर ३ मा व्यावसायिक रुपमा किसानहरुले लगाएका टमाटर, काउली, बन्दा लगायत तरकारी बालीमा ठूलो क्षती पुगेको छ ।

यस वडाका प्राय सबै किसानहरुले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका थिए । बजारमा बेच्न तयार भएको तरकारी बालीमा क्षती पुग्दा किसानहरु निक्कै चिन्तित बनेका छन् ।

बुधवार गाउँपालिकाका अध्यक्ष पारिश्रर ढकाल सहितको टोलिले घटनाको स्थलगत अवलोकन  गरेका थिए । अवलोकनपश्चात सल्लेरी खबरलाई प्रतिक्रिया दिदै अध्यक्ष ढकालले तरकारी बालीमा ठूलो रुपमा क्षती पुगेको जानकारी दिएका छन्  । उनले भने ” झन्डै ३ सय घर परिवारले लगाएको तरकारी बाली साथै नर्सरीमा पुर्ण रुपमा क्षती पुगेको छ ।”

किसानलाई हतोत्साहित नहुन अध्यक्ष ढकालले आग्रह गरेका छन् । तत्काललाई १ लाख ५० हजार उपलब्ध गराउने र पछि कार्यपालिकाको बैठकले थप निणर्य गर्ने उनले बताए । साथै,  प्रदेश सरकारमा पनि पहल गर्न बताएका छन् ।

बर्खाको लागि तयार पारिएको बीउबिजनमा क्षती पुगेको हुँदा बारी कुनै पनि हालतमा बाझो नराख्ने र बीउबिजनको लागि पहल गर्न प्रतिबद्दता गाउँपालिका अध्यक्ष ढकालले जनाएका  छन् ।

यस वर्ष यस वडामा ५ सय टनेलबाट ३ हजार क्युन्टल टमाटर उत्पादन गर्न गाउँपालिकाले लक्ष्य राखेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्