Logo

गुल्मीको वडा कार्यालयमा स्थानीयले ताल्चा लगाए



Spread the love

५ असार, गुल्मी – गुल्मीको एक वडा कार्यालयमा स्थानीयले ताल्चा लगाएका छन् । जिल्लाको रेसुङ्ग नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा बुधबार स्थानीयवासीले ताल्चा लगाएका हुन् । मालपोत कार्यालयको नजिकै बन्न लागेको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै स्थानीयले वडा कार्यालयमा ताल्चा लगाएको बताईएको छ ।

यता सल्लेरी खबरले वडा नम्बर ९ का वडा अध्यक्ष नारायण बलाललाई सम्पर्क राख्दा उनले भने फोहोर प्रशोधन केन्द्रको प्रक्रिया अघि बढाउदा कुनै समस्या नभएको तर अहिले अन्तिम समयमा विरोध हुँदा आफुले केही कुरा बुझ्नै नसकेको बताएका छन् । अध्यक्ष बलालले सो स्थानमा फोहोर प्रशोधन केन्द्र राख्ने निर्णय वडाको नभएर नगरपालिकाको भएको र यसमा सबै जवाफदेही हुने सल्लेरि खबरलाई बताएका छन् ।

साथै उक्त स्थानमा फोहोर प्रशोधन केन्द्र राख्नु पर्छ भनेर स्थानीयले नै माग गरेको वडा अध्यक्षको भनाई रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्