Logo

प्रतिबन्धलाई तोड्दै विप्लव निकट विद्यार्थीद्वारा गुल्मीमा मसाल जुलुस



Spread the love

५ असार, गुल्मी – नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले बुधबार गुल्मीको सदरमुकाम मै मसाल जुलुस निकालेका छन् । सदरमुकाम तम्घासमा प्रतिबन्धको खारेजी ,हिरासतमा रहेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी सङठन गुल्मीले मसाल जुलुस निकालेको हो ।

अन्य जिल्लामा चक्काजाम हुने भनिएता पनि गुल्मीमा भने बिहिबार कुनै गतिविधि नहुने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्