Logo

काठमाडौँको गोकर्णमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते



Spread the love

५ असार, काठमाडौं ।  बिहीबार दिउँसो काठमाडौँको गोकर्णेश्वरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ । सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बा १ ख ८७४४ नम्बरको  यात्रुवाहक बस तालचोकमा पल्टिएको हो ।

बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको र २० जना यात्रु घाइते भएको बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्